दफा ५
नियमनकारी निकायको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त नियमनकारी निकायको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) रेडियोधर्मी स्रोत सम्बन्धी अभ्यास, क्रियाकलाप वा संयन्त्रको नियमनका लागि आवश्यक, योजना र कार्यक्रम तर्जुमा गर्ने,
(ख) आयनीकरण गर्ने विकिरणको सम्भाव्य प्रतिकूल वा हानिकारक असरबाट मानिस, जीवजन्तु, सम्पत्तिको सुरक्षा र वातावरण संरक्षण गर्नको लागि आवश्यक मापदण्ड तयार गर्ने,
(ग) कुनै पनि क्रियाकलाप वा अभ्यास सञ्चालन गर्ने इजाजतपत्रवालाले पूरा गर्नु पर्ने शर्त, दायित्व र जिम्मेवारी निर्धारण गर्ने,
(घ) इजाजतप्राप्त संस्थामा काम गर्ने प्राविधिकको योग्यता तोक्ने,
(ङ) इजाजतपत्रवाला र विकिरणका स्रोतहरुको राष्ट्रिय अभिलेख तयार गरी त्यस्तो अभिलेखलाई नियमित रुपमा अद्यावधिक गर्ने,
(च) यस ऐनको अधीनमा रही रेडियोधर्मी स्रोत तथा सो सम्बन्धी क्रियाकलाप, अभ्यास वा संयन्त्र सञ्चालन गर्न इजाजतपत्र जारी गर्ने, निलम्बन वा खारेज गर्ने,
(छ) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका र मापदण्ड तथा इजाजतपत्रमा तोकिएको शर्त र अवस्थाको पालना गरे नगरेको अनुगमन र निरीक्षण गर्ने,
(ज) इजाजतपत्रवालाले सञ्चालन गरेको क्रियाकलाप, अभ्यास वा संयन्त्रको निरीक्षण, अनुगमन र जाँचबुझ गर्ने,
(झ) खण्ड (छ) र (ज) बमोजिम निरीक्षण, अनुगमन र जाँचबुझ गर्दा यस ऐन र इजाजतपत्रमा तोकिएको शर्त परिपालना भएको नदेखिएमा यस ऐन बमोजिम कारबाही गर्ने,
(ज) अन्तर्राष्ट्रिय संघ संस्था, अन्य मुलुकका यस्तै प्रकृतिका संस्था वा निकायसँग सूचना, अनुभव तथा सहयोग आदान-प्रदान गर्ने,
(ट) आयनीकरण गर्ने बिकिरण र त्यसको प्रयोगबाट हुन सक्ने दुर्घटनाका सम्बन्धमा सर्वसाधारण र सरोकारवालालाई सचेतना कार्यक्रम सञ्चालन गर्ने,
(ठ) रेडियोधर्मी स्रोत तथा संयन्त्रको दुरुपयोग वा अनधिकृत प्रयोग हुन नदिन आवश्यक सुरक्षा उपायहरु अवलम्बन गर्ने,
(ड) रेडियोधर्मी स्रोत तथा सोसँग सम्बन्धित विपद् व्यवस्थापनको तयारी सम्बन्धी योजना तर्जुमा र कार्यान्वयनमा सम्बद्ध सरकारी निकायहरु तथा सरोकारवालासँग सहयोग, सहकार्य र समन्वय गर्ने,
(ढ) आयनीकरण गर्ने विकिरणको सुरक्षा र संरक्षण सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, गराउने,
(ण) एजेन्सीसँग आवश्यक समन्वय गर्ने ।